Pages

Nepal must make their batting line up strong

आजको खेल नेपालले ५ विकेटले जितेको छ । तर जितपछि पनि नेपालको ब्याटिङ्ग लाइनको आलोचना धेरै भएको छ । हो ब्याटिङ्ग लाइन चलेन, तर त्योभन्दा ठूलो कुरो जित हो । आज नेपालले जित हात पारेको छ ।

कहिलेकाहीं निकै गतिलो र नम्बर १ पोजिसनमा रहेको टोलीको पनि ब्याटिङ्ग नराम्रोसँग धरासायी हुन्छ । इतिहासमा त्यस्ता टोलीले लज्जास्पद हार भोगेको पनि देखिएको छ । त्यसैले आज ब्याटिङ्गमा नेपालको खराब दिन थियो भनेर माने हुन्छ । हो खराब दिन हुँदा हुँदै पनि हामीले जितेका छौं ।



हाम्रो ब्याटिङ्ग कमजोर छ । तर त्यति कमजोर छैन, जति आज हामी आलोचना गरिरहेका छौं । डिभिजन ५ देखि अहिलेसम्म आउँदा सुवास खकुरेलले नराम्रो खेलेका छैनन् । त्यस्तै प्रदीपले पनि कयौं पल्ट गतिलो सुरुवात दिलाएका छन् । भलै दुवैले पारसले झैं प्राय इनिङमा उत्कृष्ठ खेल्न सकेनन् होला । ज्ञानेन्द्र मल्ल, जो आज गोल्डेन डक आउट भए, उनी पारसपछिका भरोसायोग्य ब्याट्स्म्यान हुन् ।

त्यसैले आज जितको खुसी मनायौं र हाम्रा खेलाडीलाई अझ राम्रो खेल्न प्रेरणा दियौं । पक्कै भोलिबाट हाम्रो ब्याटिङ्ग लाइन लयमा आउने छ । र जस्तोसुकै अवस्थामा पनि जित हासिल गर्नेछ । आज मात्र होइन हामीले अब झण्डै दुई हप्ता सकारात्मक क्रिकेट खेल्नु छ । भोली केन्या जस्तो निकै अनुभवी टोलीसँग खेल हुँदैछ । हाम्रा खेलाडीमा जोश भरौं । जय नेपाल, जय नेपाली क्रिकेट, जय |

0 comments:

Post a Comment