Pages

Nepal v Kenya


टि-ट्वान्टी छनौटमा नेपालले आज केन्यासँग खेल्ने
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

मंसिर १, काठमाडौँ
आइसिसि टवान्टी टवान्टी विश्वकप छनौट अन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले आज केन्यासंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे शुरु हुनेछ । इतिहास र खेलाडी हेर्दा केन्या नेपालभन्दा निकै वलियो देखिन्छ ।

तीनपल्ट विश्वकप खेलिसकेको केन्यालाई अघिल्लो संस्करणको छनौटमा भने नेपालले ५ विकेटले पराजित गरेको थियो । छनौट चरणको पहिलो खेलमा डेनमार्कलाई पराजित गरेकाले नेपाली टोलीको आत्मविश्वास बढेको छ ।
नेपालले हिजो कमजोर प्रतिद्धन्द्धि डेनमार्कलाई पांच विकेटले हराएको थियो । ग्रुप बि रहेको नेपालले ७ वटा प्रतिद्धन्द्धिको सामना गर्नुपर्नेछ ।

0 comments:

Post a Comment